दफा १६
कसूर सम्बन्धी मुद्दाका सम्बन्धमा छलफल गर्न सक्ने
पीडित र अभियुक्त दुवैकोसहमतिमा कसूरसँग सम्बन्धित कुनै बिषयमा अदालतले देहायको अवस्थामा पीडित रअभियुक्तबीच छलफल गराउन सक्नेछ :-

(क) छलफल गर्दा विवाद समाधानमा सघाउ पुग्ने कुरामा अदालतविश्वस्त भएमा,

(ख) छलफल अदालतको सुपरिवेक्षणमा हुने भएमा,

(ग) छलफल गर्दा सार्वजनिक हित र न्यायमा प्रतिकूल असर नपर्नेभएमा ।